प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ ।

बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धि र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन ।

बैठकपछि पोखरेलले आगामी दिनमा सरकारले गर्ने थप कामका बारेमा शुक्रबार सत्तारुढ दलको बैठक बसेर निर्णय गर्ने निर्णय भएको पनि जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us