दिल्लीबाट काठमाण्डु आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, खानतलासी सुरु

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १७:२९ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– छिमेकी देश भारतको नयाँदिल्लीबाट काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल जानकारी दिएको छ । बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरीसकेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

बमको हल्ला आएको र अहिले टोली विमानस्थलमा पुगेको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन । काठमाण्डु विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us