नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँः उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १४:२० मा प्रकाशित

काठमाण्डु ६ कात्तिक- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्नु पर्ने बताएका छन ।

आज (मंगलबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन । उनले आउँदै गरेको नेपाल संवत् ११४५ लाई नयाँ वर्षका रूपमा मनाउनुपर्ने बताएका हुन् ।

उनले न्यू दया भिन्तुनास्को उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘उपस्थित सम्पूर्ण महानुभावहरूलाई आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ ।

न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैलाई र नेपालमा मात्र नभई विदेशमा बस्नेहरूलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us