सिटी सफारीबाट लडेर चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १४:०९ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– मोरङमा सिटी सफारीबाट लडेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सफारी चालक सुन्दरहरैँचा नगरपालिका–५ बस्ने ४५ वर्षीय खैरा चौधरी रहेका छन ।

सुन्दरहरैँचा नगरपालिका९६ दुलारीस्थित सडकमा को–१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us