काठमाण्डु, ६ कात्तिक-प्रहरीले ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेर फरार भएकी कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा नोटिस जारी गरिने भएको छ ।
सहकारी ठगीबाट बच्न गुरुङले सहकारी डिभोर्स गरेको आरोप लाग्दै आएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।
ब्यूरो प्रमुख एआईजी दीपक थापाले उनीहरुविरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरिएको बताए ।
अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरोले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेख्ने थापाले उल्लेख गरे ।
सम्बन्धविच्छेदपछि पनि उपसभापति गुरुङले सहकारीमा ऋण तिरेको खुलासा भएपछि उनीमाथि कारबाहीका लागि दबाब बढ्दै गएको छ ।