बाबुले गरे भीरमा फालेर ६ वर्षीय छोराको हत्या

काठमाण्डु टुडे २०८१ असोज ३० गते १२:१८ मा प्रकाशित

काठमाण्डु, ३० असोज– बागलुङमा आफ्नै बाबुले ६ वर्षीय छोरालाई भीरमा फलेर हत्या गरेका छन । बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनलाई पक्राउ गरीएको बागलुङ प्रहरीले जानकारी दिएको छ ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us