बागलुङमा बाबुले ६ वर्षीय छोरालाई भीरबाट खोलामा फालेर हत्या गरे

काठमाण्डु टुडे २०८१ असोज ३० गते ९:१३ मा प्रकाशित

बागलुङ,३० असोज-बागलुङमा बाबुले ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या गरेका छन् ।

ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मतलाई मंगलबार साँझ भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए । 

केशवले बागलुङ नगरपालिका–३  को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

किस्मत घटनास्थलबाट २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

प्रहरीले हत्यामा संलग्न केशवलाई  मंगलबार साँझै नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us