डडेल्धुरा, ३० असोज- डडेल्धुरामा गएराति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
१२ जना घाइते भएका प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति दुर्घटना भएको
डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले बताए ।
दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन छन् ।