गाडी र हवाई टिकट नपाएर दशैंमा घर जानेहरु हैरान

काठमाण्डु टुडे २०८१ असोज २१ गते १६:३९ मा प्रकाशित

काठमाण्डु, २२ असोज– दशैं मनाउन काठमाण्डु उपत्यकाबाट घर जानेहरु सार्वजनिक सवारी साधनको टिकट नपाएर हैरान छन् ।

लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकट पाउन धेरै नै मुस्किल छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले दशैंमा असोज १४ गतेदेखि सोमबारसम्म करिब साढे ५ लाखले उपत्यका छाडेको बताए ।

तर, यात्रुले सजिलै टिकट पाएका छैनन् । राजधानी छाड्नेहरुको नयाँ बसपार्क, माछापोखरी, कलंकी, कोटेश्वर, बल्खु र चाबहिललगायत स्थानमा भिडभाड देखिन्छ ।

वर्षातका कारण ठाउँठाउँमा पहिरो गएर सडक भत्किएका छन् । सडकको अवस्था नराम्रो हुँदा राजमार्गहरुमा सवारी साधनको लामो लाइन छ ।

गत वर्षहरुमा १५ लाख बढीले उपत्यका छाडने गरेकामा यसपटक त्यसको ५० प्रतशित मात्र गाउँ जाने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us