श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २१ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, २१ असोज– प्रहरीले श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका–६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत अवस्थामा भेटिएकी थिइन । घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिएका छन । घटनापछि जितबहादुर भने फरार भएका थिए ।

उपरीक्षक जिसीका अनुसार उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा आइतबार कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us