धनुषामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २१ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, २१ असोज– धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने वर्ष- ४८ का विश्वेश्वर मण्डल रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन ।

हिजो आइतबार साँझ जनकपुरबाट धनुषाधाम तर्फ गइरहेको स-७ प ३९३२ नम्बरको मोटरसाईकल मिथिलाविहारी नगरपालिका २ पर्शुराम तलाउस्थित अनियन्त्रित भएर दुर्घटना भएको उनले जानकारी दिएका छन ।

दुर्घटनामा गम्भीर घाइते मण्डलको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीे जानकारी दिएको छ ।

मोटरसाइकलमा पछाडि सबार मृतककै आफन्त नन्द मण्डलकी २२ वर्षीया छोरी रेणु मण्डल गम्भीर घाइते रहेको डीएसपी सिंहले जानकारी दिएका छन ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us