मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते

काठमाण्डु टुडे २०८१ असोज २१ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, २१ असोज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।

मृत्यु हुनेमा स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका–३ बस्ने वर्ष २३ को रोहन पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । आज सोमबार बिहान सवा ९ बजे रत्ननगर नगरपालिका–९ टिकौलीमा ना–४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ ।

घाइते ४ जनाको नयाँ मेडिकल कलेजमा र १ जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us