नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २१ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, २१ असोज– दसैँ नजिकिए सँगै गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाण्डुबाट १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डुको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले जानकनारी दिएका छन ।

उनले भने, ‘बल्खु र कोटेश्वर लगाायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाएका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us