काठमाण्डु, २१ असोज– गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्रेनले च्यापिएर बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने १९ वर्षीय प्रिन्स अन्सारी रहेको प्रहरीले जानकारी दिएको छ ।
गोरखा नगरपालिका–१० हुल्चेस्थित सडकमा हाल नम्बर नखुलेको क्रेन करिब २० मिटर तल खोल्सामा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा सोही क्रेनले च्यापिएर अन्सारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।