काठमाण्डु, २१ असोज– आज सोमबारको लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७५ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११५ रुपैयाँमा बिक्रि भईरहेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलेले जनाएको छ ।
रायोको साग प्रतिकेजी १४० रुपैयाँ, बरेला १३० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ । यस्तै आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ, भेडे खुर्सानी ३५० रुपैयाँ, हरियो लसुन ३५० रुपैयाँ फूजी स्याउ ३००, केरा १४० रुपैयाँ तोकिएको छ ।
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

