दाङ, २० असोज– प्रहरीले दाङबाट जुवा तास खेल्दै गरेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५ सय ८५ रुपैयाँ, २ बुक र कौडा १६ थान सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।