प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन

काठमाण्डु टुडे २०८१ असोज २० गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २० असोज– नेपाल प्रहरीकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएको खुलेको छ । प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा. शिवानिस सिंह कार्यालयमा वैशाखदेखि अस्पतालमा अनुपस्थित रहेकी छन ।

चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले थि १४ दिन घर बिदा लिएकी थिइन् । त्यसपछि दगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गएको वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ ।

यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने सूचनामा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us