गृहमन्त्रीद्वारा ललितपुरस्थित बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाण्डु टुडे २०८१ असोज २० गते १३:१७ मा प्रकाशित

काठमाण्डु, २० असोज– गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन । गृहमन्त्री लेखकले ललितपुरको गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको वडा नम्बर–६ स्थित आनन्दवन अस्पताल, र गोदावरी–७ को माथिल्लो बुरुङचुलीमा मनसुनजन्य विपद्ले गरेको क्षतिबारे अवलोकन गरेका हुन ।

उनले टिका भैरव र महालक्ष्मी नगरपालिकास्थित गोदावरी कुण्डको पनि अवलोकन गरे । मनसुनजन्य विपद्का कारण ललितपुरमा मात्र ४३ जनाले ज्यान गुमाएका छन् ।

८ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर–७, ६, ५ र १० मा १४ जनाको मृत्यु भएको प्रहरी वृत्त चापागाउँका डीएसपी डिल बहादुर मल्लले जानकारी दिएका छन । बागमती गाउँपालिकामा २ जना, कोन्ज्योसोम गाउँपालिकामा ३ जना र महांकाल गाउँपालिकामा १० जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us