काठमाण्डू, २० असोज- गृह मन्त्रालयले नेपाल प्रहरीकी एक प्राविधिक अधिकृत सम्पर्कबिहीन भएकी छन् ।
महाराजगञ्जस्थित प्रहरी अस्पतालको रेडियोलोजी छाला रोग विभागमा कार्यरत डा. शिवानिस सिंह वैशाखदेखि कार्यालयमा अनुपस्थित भएकी हुन् ।
चार दिनका लागि भईपरी आउने बिदा लिएकी सिंहले १४ दिन घर बिदा लिएकीको, त्यसपछि थप दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी हाजिर नभएको गृहमन्त्रालयले जनाएको छ ।
वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ ।
यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने चेतावनी सूचनामा छ ।