नुवाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

काठमाण्डु टुडे २०८१ असोज १९ गते १५:२७ मा प्रकाशित

काठमाण्डु, १९ असोज– आज शनिबार काठमाण्डुबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाण्डुका ५८ वर्षीय उपेन्द्र खनाल रहेको प्रहरीले जानकारी दिएको छ । बा–१४ च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन । गम्भीर घाइते खनालको उपचारका लागि काठमाण्डु लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिएका छन ।

उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाण्डुको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us