लमजुङमा मदिराले मातेका बाबुले हँसियाले हानेर गरे आफ्नै छोराको हत्या

काठमाण्डु टुडे २०८१ असोज १९ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, १९ असोज– लमजुङमा मदिराले मातेका बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।

शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन । त्यसपछि उनीहरूबिच विवाद भएको थियो ।

सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको उनले जानकारी दिएको छ ।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती रहेका छन । समयमा अस्पताल पुफ्याउन सकिएको भए निजको ज्यान जोगिन सक्ने तामाङका छिमेकीले जानकारी दिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us