पृथ्वी राजमार्गमा ट्राफिक जाम भएपछि नुवाकोट हुंदै बेशीसहर जांदै गरेको हाइलक्स दुर्घटना

काठमाण्डु टुडे २०८१ असोज १९ गते ११:०१ मा प्रकाशित

नुवाकोट १९ असोज-नुवाकोटमा हाइलक्स गाडी दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ ।

एजजना पुरुषको घटनास्थलमै मृत्यु भएको र सनाखत हुन बांकी रहेको प्रहरीले जनाएको छ । अर्का एक घाइते छन् ।

काठमाण्डुबाट लमजुङको बेशीसहर जान लागेको बा१४च ३८५४ नम्बरको हाइलक्स शिवपुरी गाउंपालिका- ८ काफलडाँडामा शनिबार बिहान दुर्घटना भएको हो ।

नुवाकोट प्रहरीका अनुसार गाडीमा चालकसहित ६ जना सवार थिए ।

गत साताको भारी वर्षापछि ठाउंठाउंमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाण्डु भित्रिने र बाहिरिने सवारी साधनले छहरे-टोखा-पिपलटार-गल्छी सडकलाई वैकल्पिक रुपमा उपयोग गर्दै आएका छन् ।

राजमार्ग खुले पनि ट्राफिक जामका कारण उक्त सडक प्रयोग हुने क्रम रोकिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us