बच्चा जन्माउन नसकेर गर्भवती हात्तीको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १९ गते १०:३६ मा प्रकाशित

धनगढी, १९ असोज-शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला परेको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने ढक्का पोष्टनजिकै  गर्भवती हात्ती मृत फेला परेको जानकारी दिए ।

बच्चा पाउने क्रममा जन्माउन नसकेर हात्तीको मृत्यु भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us