चितवनको मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी

काठमाण्डु टुडे २०८१ असोज १८ गते १८:२५ मा प्रकाशित
काठमाण्डु, १८ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन ।
लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए ।उक्त कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी  गरेका हुन ।
उनीहरुले ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए ।
सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us