काठमाण्डु, १८ असोज– दाङको लमहीमा भैंसी चराउन गएका मालिक सम्पर्कबिहिन भएका छन । गत मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन गएका लमही नगरपालिका–४ का ६० वर्षीय खुसीराम चौधरी बेलुकी देखि सम्पर्कबिहिन भएको प्रहरीले जानकारी दिएको छ ।
तर, भैंसी मात्रै बेलुकी घर फर्किएको थियो। वडा प्रहरी कार्यालय लमहीका अनुसार उनलाई खोलाले बगाएको आशंका गरिएको छ। बेलुका भैंसी घर मात्रै फर्किएपछि उनको खोजी भएको थियो। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।