काठमाण्डु, १८ असोज– माइतीघर मण्डलस्थित नेपालको झण्डा राख्ने पोलमा दुई जना महिला चढेका छन । आज (शुक्रबार) दिउँसो दुई जना महिला झण्डा राख्ने पोलमा चढेको महिला अधिकार मञ्चका सूचना अधिकारी शेर बागवनले जानकारी दिएका छन ।
निर्मला कुर्मीको लागि न्याय माग गर्दै प्रदर्शनरत दुई जना महिला पोलमा चढेर प्रदर्शन गरेका हुन्। बाणी चमार र माकरूङ दर्जी चढेको उनले जानकारी दिएका छन ।
अहिले प्रहरी माइतीघरमा पुगेका छन्। प्रहरी र अन्य अधिकारकर्मीले उनीहरूलाई झार्ने प्रयास गरिरहेको उनले जानकारी दिएका छन ।