सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १८ गते १७:१९ मा प्रकाशित

काठमाण्डु, १८ असोज– प्रहरीले सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित ३ जनालाई पक्राउ गरेको छ । आज शुक्रबार ३ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको महिला अधिकार मञ्चका सूचना अधिकारी शेर बागवनले जानकारी दिएका छन ।

उनले भने, ‘५८ दिनदेखि माइतीघर मण्डलामा धर्ना बस्दा वास्ता नगरेपछि प्रदर्शनीमा उत्रिएको हौं ।’ निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी कारबाही हुनुपर्ने र अनुसन्धान अगाडि बढ्नुपर्ने भन्दै बाँकेका अभियन्ता रूबी खानसहित १४ जनाको टोली माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us