राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ असोज १८ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, १८ असोज– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएको पनि स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us