मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्वाकांक्षी योजना अघि बढ्न सक्छ । नयाँ कामको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक लाभ हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । प्रिय व्यक्तिसँग भेटघाटको सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शारीरिक थकानले केही कमजोर महसुस हुन सक्छ । मित्रहरूको सहयोगले पुराना समस्या समाधान हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक क्षमतामा वृद्धि हुनेछ । व्यक्तिगत प्रयासमा सफलता प्राप्त हुनेछ। पारिवारिक जीवनमा सन्तोष मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक समस्याहरू समाधान हुनेछन् । पारिवारिक जीवनमा सन्तोष मिल्नेछ । नयाँ स्रोतबाट धन लाभ हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन सामान्य रहनेछ । शारीरिक थकान र मानसिक चिन्ता हुनेछ । आर्थिक पक्षमा सुधार आउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तानपक्षको सहयोग प्राप्त हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । खर्च बढ्ने सम्भावना छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ अवसरहरू आउनेछन् । विदेश यात्रा वा अध्ययनको सम्भावना छ । वैवाहिक जीवनमा सन्तुलन कायम राख्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन केही चुनौतीपूर्ण देखिन्छ । विशेष ध्यान दिनुपर्ने समय छ । आत्मविश्वास बढाउने प्रयत्न गर्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साहस र पराक्रममा वृद्धि हुनेछ । व्यापारमा लाभ हुने सम्भावना छ । प्रतिष्ठा र मान–सम्मान बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन आर्थिक लाभको दिन हो । मित्र र परिवारको सहयोगले काम अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धेरै चुनौतीहरूको सामना गर्नुपर्नेछ। धैर्यताका साथ काम गर्नुहोस्। पारिवारिक जीवनमा थोरै तनाव देखिन सक्छ ।