बाढीपहिरोमा परी २ सय ४२ को मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १७ गते २०:१२ मा प्रकाशित

काठमाण्डु, १७ असोज– गत साता भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ४२ पुगेको छ ।

२२ जना बेपत्ता छन् । अरु १ सय २८ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

हालसम्म बाढीपहिरोमा परी उपत्यकामा १ सय १, बागमती प्रदेशमा १ सय ८, कोशी प्रदेशमा २३, मधेश प्रदेशमा ८ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको गृह प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

यस्तै ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गएको छ । ७ सय ७४ स्थानको पहिरो हटाइएको छ । बिहीबार पनि कोशी र बागमती प्रदेशमा भारी वर्षा भएको छ ।

वर्षाका विराटनगर विमानस्थल जलमग्न हुँदा केही घण्टा हवाई उडान प्रभावित भएको थियो । वर्षातले उपत्यकासहित बागमती प्रदेशकका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us