जसले परिवारका ८ जना पहिरोमा गुमाए, आफू घाइते छन्…

काठमाण्डु टुडे २०८१ असोज १७ गते १९:३८ मा प्रकाशित

काठमाण्डु, १७ असोज– काभ्रेको तेमाल गाउँपालिक–२ मा गत साता आएको भारी वर्षापछिको बाढीपहिरोमा एकै परिवारका ८ जनाले ज्यान गुमाएका छन् ।

स्थानीय माइला तामाङको पविारका ८ जनाले पहिरोमा ज्यान गुमाएका हुन् । माइला आफैं गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा माइलाका बुबा दिउँसो ११ बजेतिर सबैजना घरमै थिए । माइलाका बुबा सानु तामाङ, आमा झिरमाया, भाई मनजित, श्रीमती कान्छीमाया, भाइबुहारी कान्छी भाइका एक छोरा र दुई छोरीले ज्यान गुमाएको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धारा खड्काले जानकारी दिइन् ।

६ जनाको शव भेटिए पनि मनजितका दुई छोरीहरुको शव अझै भेटिएको छैन । वर्षातका कारण आफ्नो घर नजिकैको खोलामा बाढी आएपछि असोज ११ मा नजिकै रहेको मुल घरमा गएका थिए ।

११ गते दिउँसो सबै घरमा रहेका बेला एक्कासि माथिबाट खसेको पहिरोले घरसँगै सबैलाई बगाएको थियो । माइलाले आफूलाई पनि पहिरोले पुरेको बताए ।

केही घण्टा पहिरोमा पुरिएपछि आफू होसमा आएको जानकारी माइलाले दिए । घाइते अवस्थामा साँझ माइलालाई छिमेकीले उद्धार गरेका थिए ।

उनलाई सैनिक हेलिकप्टरले उद्धार गरी धुलिखेल अस्पताल ल्याएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us