काठमाण्डु, १७ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी नेताहरुको जिम्मेवारी गरेका हुन् ।
वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुख, ध्रुबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभाग प्रमुख को जिम्मेवारी दिइएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रलाई दिइएको छ ।
यसअघि धवलशमशेर राणा संगठन विभाग प्रमुख, वरिष्ठ नेता तामाङ राजनीतिक विभाग प्रमुख, प्रधान प्रधान प्रशिक्षण विभाग प्रमुख र रोशन कार्की स्थानीय तह परिचालन विभाग प्रमुख थिए ।
लिङदेनले सह-महामन्त्री विजय खड्कालाई पर्यटन र केन्द्रीय सदस्य उद्धव थापालाई विपद व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।
यस्तै सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समिति प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई तोकिएको श्रेष्ठले बताए ।