ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आशंकामा एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १७ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, १७ असोज– प्रहरीले जिल्ला अदालत ललितपुरभित्र मोबाइल चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका घर भएका ४६ वर्षीय किसन खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई सिसिटिभी फुटेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले जानकारी दिएका छन । उनले यसअघि सेवाग्राहीको दुईवटा मोबाइल चोरेको आशंका छ ।

सेवाग्राही र कानुनी व्यवसायीसँग कुरा गर्दै भिडको मौका छोपेर उनले मोबाइल चोर्ने गरेको सिसिटिभी फुटेजको दृश्यबाट आकलन गरीएको छ । आरोपीको साथमा मोबाइल फेला नपरेको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिएका छन । उनले भने, ‘पहिले दुईवटा चोरेको आशंका छ, हामी अनुसन्धान गर्दै छौँ ।’

यसअघि मोबाइल चोरी हुने गरेको गुनासो आएपछि प्रहरीले शंकास्पद रूपमा बारको गेटबाट आरोपी प्रवेश गरेपछि फलो गरेको थियो । हुलियाको आधारमा अनुसन्धानका लागी नियन्त्रणमा राखिएको एसएसपी खनालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us