राप्रपा संगठन विभाग प्रमुखमा बुद्धिमान, राजनीतिक विभागमा रवीन्द्र मिश्र

काठमाण्डु टुडे २०८१ असोज १७ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, १७ असोज– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुखको मनोनयन गरेका छन ।

संगठन विभागको प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन । यसअघि संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा थिए भने बुद्धिमान राजनीतिक विभाग प्रमुख थिए ।

धवलशमशेर पार्टीको आन्दोलन परिचालन समितिको संयोजक छन् । त्यस्तै ध्रुवबहादुर प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभागमा भने रोशन कार्की थिइन् ।

त्यस्तै राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापालाई जिम्मेवारी दिएको उनले जानकारी दिएका छन ।

सुचना प्रविधि विभाग (आईटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us