पोखरा, १७ असोज– गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ उलब्ध गराउने भएको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बाढीपहिरो र डुबान पीडितलाई सहयोगका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
गत साता भारी वर्षासँगै आएको बाढीपहिरोमा परी काठमाण्डु उपत्यका, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लामा २ सय ३३ जनाको मृत्यु भएको थियो ।
बाढीले भौतिक पूर्वाधार र कृषिमा गरी १७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यस्तै बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षति अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।