घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १७ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, १७ असोज– सुर्खेतमा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वली रहेकी प्रहरीले जानकारी दिएको छ ।

घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर वलीको मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर बिहिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रन वीर विश्वकर्माले जानकारी दिएका छन ।

अनुसार ज्योती खोलाको छेउमा माटो खन्न गएकी प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us