काठमाण्डु, १७ असोज– प्रहरीले वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा काठमाण्डुको बसुन्धराबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ घर भएका टंक प्रसाद सुवेदी र निता गौतम सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दम्पती रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीहरूले बुग्लेरिया पठाउँछौँ भनेर ५ लाख ४० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिएका छन ।
उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।