काठमाण्डू, १७ असोज-नगरपालिका-४ मा ढलमा लडेर बिहाबार एक जनाको मृत्यु भएको छ ।
स्थानीय ६२ वर्षीया सहदेव लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मच्छेगाउँ बसपार्क नजिकै वर्षाका कारण खोलामा पानीको बहाब बढिरहेका बेला ढल खोल्ने क्रमममा लामा लडेर घाइते भएका थिए ।
उनको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको काठमाण्डू प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।