काठमाण्डु, १७ असोज– सुख्खा पहिरो आउँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१६ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।
अहिले पहिरो हटाउने कार्य भइरहेको थापाले जानकारी दिएका छन ।