बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या थपिँदै

काठमाण्डु टुडे २०८१ असोज १७ गते १०:२३ मा प्रकाशित

काठमाण्डु, १७ असोज–भारी वर्षासँगै गत साता आएको बाढीपहिरोमा परी ज्यान गुमाउनको संख्या थपिँदैछ ।

बाढीपहिरोमा परी हालसम्म २ सय ३३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यस्तै २२ जना बेपत्ता छन् । १ सय ६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय २० जनाको उद्धार गरिएको जानकारी दिए ।
सरकारले उद्धार र राहत वितरणको काम तीव्रताका साथ गरिरहेको र अवरुद्ध राजमार्गहरुमा यातायात सुचारु गराउन अथक प्रयास गरिरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us