राष्ट्रपतिको एक महिनाको तलब बाढीपिडतलाई

काठमाण्डु टुडे २०८१ असोज १६ गते १९:४६ मा प्रकाशित

काठमाण्डु, १६ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक केन्द्रीय दैवीप्रकोप राहत कोषमा उपलब्ध गराउने भएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उक्त जानकारी दिए ।

यस्तै राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले एक साताको तलब राहत कोषमा दिने निर्णय भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us