काठमाण्डुमा दुई जना मृत फेला

काठमाण्डु टुडे २०८१ असोज १६ गते १९:४२ मा प्रकाशित

काठमाण्डु, १६ असोज– काठमाण्डुमा दुई पुरूष मृत फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–३ तारेभिर घलानटोलमा स्थानीय ६८ वर्षीय सूर्य तामाङ र दक्षिणकाली नगरपालिका–८ मखुवेशीमा नामथर नखुलेका अन्दाजी ४० वर्षीय परुष मृत भेटिएका प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us