‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतको आदेश

काठमाण्डु टुडे २०८१ असोज १६ गते १८:११ मा प्रकाशित

काठमाण्डु, १५ असोज– जिल्ला अदालत काठमाण्डुले युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष् देउला उर्फ ‘सुगर ड्याडी’लाई थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाण्डुका न्यायाधीश महेन्द्रबहादुर कार्कीले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएका हुन । सरकारी वकिल कार्यालय काठमाण्डुले उनीविरुद्ध अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । ३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए ।

बा. ७ च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका हुन् । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us