आज रातिदेखि डीभी खुल्दै

काठमाण्डु टुडे २०८१ असोज १६ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, १५ असोज– आज बुधबार रातिदेखि सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९ः ४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।

उक्त समयबाट जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जानकारी दिएको छ ।

दूतावासले प्रति व्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us