काठमाण्डु, १६ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले जानकानरी दिएका छन ।
नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र राष्ट्रियसभामा ८ गरी १८ जना सांसद रहेका छन ।