नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

काठमाण्डु टुडे २०८१ असोज १६ गते १५:५० मा प्रकाशित

काठमाण्डु, १६ असोज– सिनामंगलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही कागजातहरु बरामद गरेको छ ।

प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात अख्तियारको टोलीले बरामद गरेको हो ।

अख्तियार स्रोतले भन्यो, ‘ विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो, ‘तर कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको हो ।’

अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहोको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us