रास्वपा सांसद अर्यालको राउतलाई प्रश्नः दुई न्यायाधीश नियुक्ति विवादलाई कसरी हेर्नुहुन्छ ?

काठमाण्डु टुडे २०८१ असोज १६ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १६ असोज– आज बुधबार बेसेको संसदीय सुनुवाइ समिति बैठकमा रवि लामिछाने नेतृत्तको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नूभएको छ भन्दै प्रश्न गरेका छन ।

संसदीय सुनुवाइ सुमितिको बैठकमा उनले भने, ‘दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नुभएको छ ?’ सांसद अर्यालले विकासका विषयमा छिटो अन्तरिम आदेश गरी विकास विरोधी आदेश गरेको आरोप समेत लागेको पनि बताएका छन ।

उनले भने, ‘विकास रोक्ने किन ?’ अर्यालले नेपाली सेना र सर्वोच्चमा सैनिक कल्याणकारी कोषको दुरुपयोग छ भन्ने आरोप लागेको भन्दै त्यस्तो किन भएको भन्दै प्रश्न समेत गरेका छन ।

उनले अदालतमा फाइल खोज्न घुस लिने गरेको र फाइल नभेटिएको कुरा किन आउँछ रु भन्दै सिंहलाई प्रश्न गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us