बालाजुमा एक महिला मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ असोज १६ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, १६ असोज– बालाजुमा एक महिला मृत अवस्थामा भेटिएकी छन । काठमाण्डु महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा एक महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन । घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us