हेटौंडाबाट सुनसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १६ गते १४:२० मा प्रकाशित

काठमाण्डु, १६ असोज– प्रहरीले हेटौंडाबाट अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ ।

सर्राफलाई ४९०.८८ ग्राम सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सर्राफलाई चेकजाँच गर्दा उनले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा सुन बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

बिल बिजक नभएको बिस्कुटको आकारको टुक्रा ४ थान, सानो टुक्रा १ थान, सिक्री १ थान सुन फेला परेको प्रहरीले जनाएको छ । उक्त सुनको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको र उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us