राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

काठमाण्डु टुडे २०८१ असोज १६ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, १६ असोज– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन । आज बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन ।

उनले आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us